उदयपुर, अविरल वर्षाका कारण आएको बाढीले उदयपुर जिल्लाको बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा बाढि पसेको छ । बाढि पसेपछि स्थानीयलाई उद्धार शुरु गरिएको छ ।
आज (बुधबार) बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर पानी अचानक पसेपछि बेलका नगरपालिका वडा नं. २, ३, ८, ९ तथा बराहक्षेत्र नगरपालिका ६ को बस्ती डुबानमा परेको छ । सप्तकोशी नदीको बाँध फुटेर गाउँमा पस्दा करिब १० परिवार विस्थापित भएको बेलका नगरपालिका स्रोतले जनाएको छ । अहिले उक्त क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ।
उक्त डुबानबाट के कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको बताइएको छ। सोमबार बेलका नगरपालिकाले गाउँलेहरुलाई बाढीको शंका गर्दै बस्ती छाड्नका लागी माइकिङ गरेको थियो ।