गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

सप्तकोशी नदी ३४ बर्षपछि पुरानै धारमा फर्कियो

उदयपुर, सप्तकोशी नदी ३४ बर्षपछि पुरानै धारमा फर्किएको छ । लगातार दुइ दिनसम्म परेको अविरल बर्षापछि ठुलो बाढी आउँदा तटबन्ध भत्काएर सप्तकोशी कदी पुरानै धारमा फर्किएको हो ।

उदयपुरको बेलका नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष टंकप्रसाद आचार्यले ०४५ सालमा कोशी जहाँ बग्थ्यो, गएरातितिरबाट त्यही धारमा फर्किएको बताए । जहाँबाट अहिले सप्तकोशी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोशी बगोको थियो । पछि मानिसहरुले त्यहाँ घर बनाए । ३४ बर्षपछि नदी फेरी त्यही ठाउँबाट बग्न थालेको छ, आचार्यले नयाँ पत्रिकासंग भने ।

अहिले पूर्वतिर सुनसरीबाट बगोको सप्तकोशी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोशीले धार परिवर्तन गर्दा बेलका नगरपालिका ८ को सिसौली बस्ती, वडा नं ९ को रंगशाला क्षेत्र, वडा नम्बर ३ को जगनाथ, जुलेसी, एविसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोशी बगेको छ ।

कोशीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १,२,३,८ र ९ वडाको धौरी टापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोशी र कन्चनरुप नगरपालिकासंगै सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं. ६ र ७ प्रभावित भएको नगरपालिका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन