काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीहरुले एसईई परीक्षार्थी एिका थिए । बुधबार दिउसो बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।यो परीक्षामा मुलुकभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए ।
यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।
बुधबार परीक्षा प्रकाशित भएपछि वोर्डमा आयोजित एक पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले यो बर्षको नतिजा गत बर्षको परीक्षाको नतिजाको तुलनामा सन्तोषजनक रहेको जनाएका छन् ।
नतिजा अनुसार यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।
यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभएको छ ।