गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

लगातार ओरालो लाग्दै शेयर बजार

काठमाडौं, विगत चार दिन देखि नेपाली शेयर बजार लगातार ओरालो लागिरहेको छ । गत सोमवार कारोबार बन्द हुँदा २ हजार १९६ विन्दुमा रहेको नेप्से साताको अन्तिम दिनसम्म आइपुग्दा २ हजार १ सय १३ विन्दुमा पुगेको छ । यो चार दिनको अबधिमा नेपाली शेयर बजार परिसूचक नेप्से करीब ८३ अंकले घटिसकेको छ ।

शुक्रबार बजार ३४ दशमलब ६१ अंकले घटेको छ । शुक्रबार २ अर्व ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४७ रुपैया ८० पैसाको शेयर कारोबार भएको छ ।

शुक्रबार सबैभन्दा बढि शेयर मूल्य जोशी हाइड्रोपावरको बढेको छ । उक्त कम्पनीको शेयर मूल्य ५ दशमलव ९१ प्रतिशत बढेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २६० पुगेको छ । शुक्रवार सबैभन्दा बढी मैलुङखोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव १८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४७८ मा झरेको छ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन