बुटवल, स्मार्ट सिटि एजुकेसन प्रा.लि. बिधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । स्मार्ट सिटिले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ ।
स्मार्ट सिटिले आगामी दिनहरुमा अझै गुणस्तरीय,दिगो तथा विश्वसनीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गेको छ ।
विद्यार्थीहरुको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै गत बर्षको श्रावण २ गतेबाट स्मार्ट सिटि एजुकेसन प्रा.लि. संचालनमा आएको थियो । पहिलो बर्षको अवधिमा स्मार्ट सिटि एजुकेसन प्रा.लि.ले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको प्रबन्ध निर्देशक सुरज भुसालले बताउनुभयो । उहाँले लुम्बिनी ,गण्डकी र कर्णाली प्रदेशका धेरै बिद्यार्थीहरुलाई सफल भाषा सिकाएर जापान पठाएको समेत जानकारी दिनुभयो ।
यस्तै प्रथम बर्ष भित्रै सुर्खेतमा समेत शाखा खोलेर त्यहाँ बिद्यार्थीहरुलाई समेत सहज वातावरण सृजना गरेको र आगामी दिनमा पोखरा,पाल्पा, दाङमा पनि शाखा बिस्तार गर्ने योजना रहेको प्रबन्ध निर्देशक भुसालले जिकिर गर्नुभयो ।
पहिलो बर्षको गौरवमय अवसरमा स्मार्ट सिटिले एक जना अनुशासित र नियमित कक्षामा उपस्थित हुने विद्यार्थी सुरज मोहतरालाई सम्मानस्वरुप पुरस्कर समेत प्रदान गरेको थियो।