गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

धुम्रपानमाथि प्रतिबन्ध लगाउने पहिलो देश बन्यो न्यूजिल्याण्ड

वेलिंगटन, न्यूजिल्याण्ड धुम्रपानमाथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ ।

न्युजिल्याण्डमा तयार हुन लागेको एक कानून अनुसार आगामी पिँढीले १८ बषको उमेर पछि धुम्रपान गर्न पाउने छैनन् । इसको अर्थ अब न्यूजिल्याण्डमा सन २००८ पछि जन्मिएका कुनैपनि नागरिकले चुरोट पिउन पाउने छैनन् । यो कानूनमा न्यूजिल्याण्डको सांसदका लगभग सबैजसो साँसदहरुले हस्ताक्षर गरेका छन् । यसका साथै न्यूजिल्याण्ड धुम्रपान विरोधी कानून ल्याउने विश्वकै पहिलो देश बनेको छ ।

मंगलबार न्यूजिल्याण्डको सरकारले देशको आगामी पिँढीहरुलाई धुम्रपानबाट मुक्त गर्नका लागी एउटा नयाँ विधेयेक सदनमा पेश गरेको थियिो । अबको कानूनमा उल्लेख भए अनुसार न्यूजिल्याण्डका युवा युवतीहरुले कानूनी रुपमा कहिँबाट पनि चुरोट खरिद गर्न पाउने छैनन् ।

न्यूजिल्याण्डको यो नयाँ कानूनको संसारभर प्रसंसा भैरहेको छ । सरकारले आगामी बर्षहरुमा चुरोटमा निकोटिनको मात्रालाई पनि कमी गर्ने कोशिस गर्नेछ । साथै चुरोट बेच्नको लागी पनि कर्नर स्टोर र सुपर मार्केटको सट्टा सुर्तीजन्य स्टोरको माध्यमबाट चुरोट बेच्नका लागी बाध्य बनाईनेछ । सरकारले सन २०२५ सम्ममा न्यूजिल्याण्डको ५ प्रतिशत भन्दा कम जनसंख्याले धुम्रपान गर्ने जनाएको छ ।

अहिले बनेको नयाँ विधेयकलाई न्यूजिल्याण्डका सबै राजनैतिक दलहरुले एकमतले समर्थन जनाएका छन् । यो कानून सन २०२३ देखि लागु हुने जनाइएको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन