गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

नेपाली बजारमा पहिलोपटक भित्रिए कुक्को कम्पनीका समानहरु

काठमाडौं, विश्व बजारमा प्रख्यात कम्पनी कुक्को का विभिन्न सामानहरु नेपालमानै पहिलो पटक भित्रिएको छ । नेपाल एचवन फिटनेस कम्पनीले एक पत्रकार सम्मेलन मार्फत कम्पनीका सामानहरु नेपाली बजारमा उपलब्ध गरिएको जानकारी दिएको हो ।

बहुचर्चित कुक्को कम्पनीले लामो समयदेखि भरपर्दो, सुरक्षित तथा हाइजानिक खाना पकाउने सामाग्री उत्पादन गर्दै आइरहेको छ । यो कम्पनी कोरियन कम्पनी हो । यस कम्पनीका सामानहरु निकै बलियो र टिकाउ हुने गर्दछ । पत्रकार सम्मेलनमा कुक्को कम्पनीका किचन तथा वेडरुमका सामग्री दाङको घोराहीमा उपलब्ध हुने जानकारी गराईएको छ ।

कम्पनीका बारेमा जानकारी दिँदै नेपाल स्थित कम्पनीका जनरल म्यानेजर कोमलप्रसाद खनालले यस कम्पनीले उत्पादन गरेका सामाग्रीहरु आल्मुनियन नभएका मानव स्वास्थ्यमा लाभ दिने भाँडावर्तन रहेको बताउनुभयो । उहाँका अनुसार यी उत्पादनहरु दक्षिण कोरियाको उत्पादनहरु हुन् । यी कम्पनीका सामाग्रीहरु विश्व बजारमा निकै नै प्रख्यात रहेका छन् ।

नेपालमा भने यसका उत्पादन भर्खरै भित्रिदै गरेको उनले बताएका छन् । कम्पनीले नेपाली बजारमा भित्राएको सामाग्रीहरुमा इन्डक्स चुलोहरु, कुकरहरु लगायतका किचन संग सम्बन्धि सम्पूर्ण सामानहरु रहेका छन् । त्यस्तै गरि बेड,म्याट्रेस लगायतका सम्पूर्ण सामाग्रीहरु पनि यस कम्पनीले बिक्री वितरण गर्ने कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन