बुटवल, तिजको महिना अब प्रत्येक दिन विभिन्न तिज गितहरु बजारमा आउने बेला हो भने कति गित संगीतहरु बजारमा आइसकेका छन् । यस्तै कति गितसंगीत आउने क्रममा छन् ।सोहि क्रममा नवराज घिमिरेको मौलिक तिज गित ` दर्पण छायाँ´ भखर्रै सार्वजनिक भएको छ ।
लोकप्रिय गायक नवराज घिमिरे र चर्चित गायिका सुनिता बुढा क्षत्री को आवाजमा सजिएको उक्त गितमा उत्कृष्ट शब्द बन्दना पराजुली भुसालको रहेको छ भने लय नवराज घिमिरे र सुशीला खरेल गैरेको रहेको छ।यस्तै संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । तिजको मौलिकता संगै विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको निर्माण पक्षको दावी छ ।
विष्णु भट्टराईको उत्कृष्ट निर्देशन एवम् छांयाकनमा तयार भएको गितको म्युजिक भिडियोमा चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल,शिवजी क्षेत्री लगायत अन्य थुप्रै कलाकारहरुको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई विष्णु भट्टराईले नै सम्पादन एवम् रंग संयोजन गरेका छन् भने भिडियोको कोरियोग्राफर शिवजी क्षेत्रीले गरेका छन् । यस्तै गितलाई रेकर्डिष्ट गोविन्द पराजुलीले मालाश्री डिजिटलमा रेकर्ड गराएका थिए।
अविरल फिल्मस प्रा.लि.ले दृश्य सम्पादन गरि तयार पारिएको उक्त गितको म्युजिक भिडियो Navaraj Ghimire को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :