काठमाडौं, पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ तीज गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैबीच लोकप्रिय दोहोरी गायक खेम सेन्चुरीको आवाजमा खुश्बु सुनारको तिज कोसेली ‘हेपन मायाले’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।
पछिलो समयका लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी र गायिका खुश्बु सुनारको आवाजमा सजिएको उक्त गितमा गितकार नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना भएको छ। उक्त गीतमा संगितकार तथा गायक नन्दु परियारको लय शिर्जना रहेको छ । विनोद भण्डारीको निर्देशन एवम् जेरी भण्डारीको कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा खेम सेन्चुरी र मनिशा सुनारको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।
गोधुली कृयशनको पोष्ट प्रोडक्सनमा अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् मनोज धर्तिले सम्पादन गरेका छन् । गित NANDU PARIYAR अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।