काठमाडौँ, यो बर्षको तीज पर्व पनि नजिकिदै छ । यस क्रममा हरेक दिन डिजिटल बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम पनि जारी रहेको छ । यसै बीच चर्चित गायिका नीरा छन्त्यालको यस वर्षको तीजको कोसेली (संगिनी) बोलको तीज गीत बजारमा आएको छ ।
अहिले सार्वजनिक गरिएको तीज गीत (संगिनी)मा लोक प्रिय गायक तथा सर्जक प्रकाश पराजुलीको शब्द तथा लय संकलन रहेको छ। उक्त गीतमा स्वर चर्चित गायिका नीरा छन्त्याल र सलिना नेपालीको रहेको छ।
यो गीतको म्यूजिक भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ भने गीतमा नीरा छन्त्याल र सलिना नेपालीको अभिनय रहेको छ । उक्त गीतमा निर्देशन तथा कोरियोग्राफि काजिश श्रेष्ठले गर्नुभएको छ ।
भर्खरै मात्र सार्वजनिक गरिएको गीत Nira Chhantyal यूट्युब च्यानलमा हेर्न सकिन्छ ।
गीतको म्यूजिक भिडियो हेर्नुहोस ।