मोगादिशु, सोमालियाको मोगादिशुमा भारतको मुंबईको २६।११ को जस्तौ आतंकावादी हमला भएको छ । अल शबाबका आंतंककारीहरुले यहाँ स्थित होटल हायातमा पसेर अन्धाधुन्द गोलीबारी गरेका छन् । यस घटनामा परि १६ जनाको ज्यान गएको सञ्चार माध्ययमहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार उक्त घटनामा परि होटलका मालिक समेत मारिएका छन् ।
यस हमलापछि सुरक्षाबलले होटललाई चारैतिरबाट घेरा हालेको छ । दुबैतिर गोलिबारी चलिरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीहरु होटलभित्रै रहेको बताइएको छ । यसैबिच होटलमा फसेका कयौं मानिसहरुलाई सुरक्षाकर्मीहरुले सकुसल बाहिर निकालेको बताइएको छ । अझै निकै मानिसहरु होटलभित्रै रहेको बताइएको छ ।
मिडियाहरुका अनुसार, बन्दुकधारीहरु होटलमा पस्नु अघि निकै ठुलो बिष्फोटन भएको थियो । त्यस लगत्तै आक्रमणकारीहरु होटलमा प्रवेश गरेका थिए । आक्रमणको बेला उक्त होटलमा त्यहाँको गुप्तचर विभागको एक बैठक चलिरहेको बताइएको छ । उक्त आक्रमणमा गुप्तचर विभागका प्रमुख समेत घाइते भएको बताइएको छ ।
अल कायदासंग जोडिएको जेहादी समुह अल शबाबले यो आक्रमणको जिम्मेबारी लिएको छ । स्मरणीय छ, २६ नोभेम्बर २०११ मा कराँचीबाट डुंगामा समुद्रको बाटो गरि भारतको मुम्बइमा प्रवेश गरेका लस्करका आतंकवादीहरुले बम विष्फोटन गरि मुम्बई स्थित ताज होटलमा यस्तै प्रकारको गोलिबारी गरि १६० भन्दा धेरै मानिसहरुको ज्यान लिएका थिए । उक्त घटनामा परि अन्य ३०० जना भन्दा धेरै मानिसहरु घाइते भएका थिए ।