गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

यो हो संसारको सबैभन्दा पातलो घडी !

काठमाडौं,  संसारभरका मानिसहरुमा आफ्नो आफ्नो फरक फरक प्रकारको रुची हुन्छ । त्यसमध्ये केही मानिसहरुमा सबैभन्दा महंगो र राम्रो सामानहरु किन्ने शोख हुन्छ । त्यसमा पनि केही मानिसहरु यस्ता हुन्छन, जसलाई महंगो घडी किन्ने शोख हुन्छ । हुन त हिजोआज बजारमा राम्रा भन्दा राम्रा घडीहरु एपलब्ध छन, तर आज हामी तपाईलाई एउटा यस्तो घडीका बारेमा जानकारी दिन गैरहेका छौं, जसले तपाईको बैंक ब्यालेस तुरुन्तै खाली हुन सक्दछ ।

बास्तवमा, हालै मात्र संसारको सबैभन्दा पातलो घडी सार्वजनिक गरिएको छ । Richard Mille को यो घडी संसारकै सबैभन्दा पातलो घडी हो । जसको मूल्य लाखौंमा नभै करोडौंमा रहेको छ । Richard Mille को एउटा घडीको मूल्य लगभग साँढे २३ करोड रुपैंया पर्दछ । यो कम्पनीले रोबस्ट स्पोर्टस् वाच बनाउने गर्दछ । यस कम्पनीको कयौं घडीहरुको प्रसिद्ध टेनिस खेलाडी राफेल नाडालले पनि सपोर्ट गरेका छन् ।

स्मरणीय छ, कि यो घडीको तौल मात्र ३० ग्राम रहेको छ भने यो घडी यति धेरै पातलो छ कि घडीभित्र राखिएका सानो सानो समानहरु पनि निकै मोटो देखिन्छ । यो घडी बनाउन ६००० घण्टा लागेको बताइएको छ । कम्पनीले जनाए अनुसार १५० वटा लिमिटेड पिसमात्र अहिले तयार गरिएको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन