गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

नेपालबाट टीएमटी स्टील निर्यात शुरू

काठमाडौं, उद्योग स्थापना गरेको ४ वर्षमै श्री स्टीलले नेपालबाट टीएमटी स्टील भारत निर्यात शुरू गरेको छ । उक्त उद्योगले फलामे छड उत्पादनमा हालसम्म ३ अर्ब रुपैयाँ लगानी गरिसकेको जनाएको छ । बुधबारबाट श्री स्टीलले औपचारिक रूपमा स्टील निर्यात शुरू गरेको हो ।

उद्योगका सञ्चालक राजेश अग्रवालका अनुसार अहिले उद्योगले दैनिक ८०० मेट्रिक टन छड उत्पादन गर्दै आएको छ । बुधबार श्रीले करीब २४ लाख रुपैयाँ मूल्यको छड भारततर्फ निर्यात गरेको बताइएको छ । वि.सं. २०७५ सालमा यो उद्योग स्थापना भएको हो । अहिलेसम्म कम्पनीले कुल लगानी ३ अर्ब रुपैयाँ पुगेको बताइएको छ ।

यस उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरणका लागि १५ महीनाभन्दा बढी समय कुरेको थियो । भारत निर्यातका लागि यस्तो गुणस्तर प्रमाणपत्र लिनुपर्छ । यस उद्योगमा ५०० जनाले रोजगारी पाएका छन । यस उद्योगले स्टील उत्पादनमा जापानी प्रविधिको प्रयोग तथा सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन गर्दै आएको छ । उद्योगले गुणस्तरीय प्राइम बिलेटबाट स्टील उत्पादन गर्दै आएको छ । जापानी प्रविधिबाट बनेको स्टील भूकम्प प्रतिरोधीसमेत भएको उद्योगको दाबी छ ।उद्योगले स्पन्ज आइरनबाट उत्पादन गरेर टीएमटी छड बनाउने गरेको छ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन