गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

संसारको पहिलो ‘भर्टिकल सिटी’ बनाउँदै साउदी अरव !

रियाद, साउदी अरवले संसारको पहिलो भर्टिकल सिटी बनाउँने भएको छ । यो शहरलाई द लाइन नाम दिइएको छ । यो शहर एक कारमुक्त महानगर हुनेछ, जसमा शत प्रतिशत नविकरणीय उर्जाको प्रयोग गरिनेछ, जहाँका बासिन्दाहरुलाई अहिलेको प्रदुशित दुनियाँमा स्वच्छ हावा प्रदान गर्नेछ ।

कच्चा तेल बेचेर पैसा कमाएको साउदी अरब संसारको आठौं आश्चर्य बनाउन लागेको छ । हजुर, साउदी अरव एउटा यस्तो गगनचुम्बी शहर बनाउन गैरहेको छ, जसलाई यसअघि हलिउडको साइन्स फिक्सन मुभीहरुमा मात्र देख्न सकिन्थ्यो । यो शहर मात्र २०० मिटरको चौडा हुनेछ, भने यसको लम्बाई १६१ किलोमिटर हुने बताइएको छ । यति मात्र हैन, यो सहरमा बनेका भवनहरुको उचाइ ५०० मिटर अग्लो हुनेछ, जसमा शिशाको प्रयोग गरिनेछ । सबैभन्दा रोचक कुरा के छ भने, यो पुरै शहरमा नवीकरणीय उर्जाको प्रयोग गरिनेछ । अर्थात यो शहरमा सप्लाई हुने बिजुली सौर्य उर्जा, वायुउर्जा र हाइड्रो पावरबाट उत्पादन हुनेछ ।

साउदी अरबको प्रेस एजेन्सीले हालै एक नयाँ क्लिप जारी गरेको छ । जसमा यो शहरलाई एक आकर्षक र आश्चर्यजनक तथा हरियाली रुपमा देखाइएको छ । यो शहर निर्माणको लागी ५०० अरब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यो शहरमा व्यापरीक कम्पलेक्स, बिद्यार्थीहरुका लागी स्कूल तथा कलेजका साथै मनोरञ्जनका लागी पार्कहरु पनि हुनेछन । यो शहरको एक कुनाबाट अर्को कुनासम्म पुग्न मात्र २० मिनेछ लाग्नेछ ।

यो शहर साउदी अरबको महत्वाकाँक्षी परियोजना नियोमको एक हिस्सा भएको बताइएको छ ।

  • दिनेश बास्तोला

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन